२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले दियो अनुमति


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 10.2K
    SHARES

  • images
    उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले दियो अनुमति

    काठमाडौं, चैत २९ गते ।  निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न केही संघसंस्थालाई अनुमति दिएको छ ।आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिएको हो ।

     आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न उक्त संस्थालाई अनुमति दिइएको हो । 

    यसबारे आयोगले बुधबार जारी गरेको विज्ञप्तिः
    आगामी वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० मा निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेश भएका ७ वटा निवेदन उपर निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको छ ।

    आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ ।


    शालिग्राम शर्मा पौडेल
    सहसचिव एवं प्रवक्ता

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend