२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विभिन्न जिल्लाका ५७ नयाँ हिमाल आरोहण खुला गर्दै सरकार 


सञ्चार डबली
  • सोमबार, असार २४ २०८१
  • 9.2K
    SHARES

  • images
    विभिन्न जिल्लाका ५७ नयाँ हिमाल आरोहण खुला गर्दै सरकार 


    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगको पर्यटन विभागले विभिन्न जिल्लाका ५७ नयाँ हिमाल आरोहण खोल्ने सरकारलाई सिफारिश गर्ने एको छ । यसका लागि कसैबाट विरोध नहोस् र प्रवद्र्धनमा पर्यटन व्यवसयीसँग समन्वय गरेर जानेसहितको व्यवस्था लागि दाबी बिरोधका निम्ति सार्वजनिक सूचना मागेको हो ।

    विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिश गर्ने छ । विभागले आवश्यक तयारी पूरा गरेर गरेको सिफारिशलाई नै मन्त्रिपरिषदबाट स्वीकृति गराए मात्रै नयाँ हिमालको आरोहण खुला हुने भएको छ।

    आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति चालु आर्थिक वर्ष २०८०र८१ को बार्षिक नीति तथा कार्यक्रमको बुँदा नंम्बर ७० मा भएको भएको व्यवस्था अनुसार नयाँ हिमाल आरोहण खुला गर्न लागेको हो ।

    सरकारले नयाँ हिमाल खोल्दै पर्यटकलाई थप अवसर सिर्जना गर्ने पर्यटन विभागको भनाइ छ । सरकारले हालसम्म ४ सय १९ हिमाल आरोहणमा खुला गरेको छ । यसमध्ये अझै ६८ हिमालमा आरोहण नभएको भएपनि नयाँ नयाँ हिमाल खोल्ने र पर्यटक आकर्षित गर्न थप सहज हुने पर्यटन व्यवसायीको माग गरेको पनि विभागको भनाइ छ ।

    हाल नेपालमा १३ सय भन्दा बढी हिमाल रहेकोले पर्यटक आकर्षित गर्न थप हिमाल खुला गर्दै जानुपर्ने माग पर्यटन व्यवसायीको छ । व्यवसायीले सरकारलाइ पटक पटक नयाँ हिमाल खुला गर्न आग्रह गर्दै आएका छन् । सरकारले थप नयाँ हिमाल खुला गर्नै जाँदा पर्वतारोहणको प्रवर्द्धनमा सहज हुँदै जाने पनि पर्यटन व्यवसायीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend