२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 14.1K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौ, १४ जेष्ठ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आजसम्म जारी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend