२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको तरकारी तथा फलफूल मूल्य, गुन्द्रुकको भाउ २७५ रुपैयाँ


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 12.9K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूल मूल्य, गुन्द्रुकको भाउ २७५ रुपैयाँ

    काठमाडौ, १४ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेडा, लौका, घिरौला, रायोको साग, हाइब्रीड काक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ ।

    यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज , रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ, लोकल गाजर, परवर, भेडे खुर्सानी, हरियो लसुन, गान्टे मूला, चुकुन्दर, सलगम, न्यूरो र तने बोडी प्रतिकेजी ७५ रुपैयाँ मुल्य तोकिएको छ ।

    यस्तै, डल्लो भन्टा, मकै बोडी, झिगूनी, भिण्डी, हरियो प्याज र हरियो खुर्सानी ५५ रुपैयाँ, ज्यापु काउली ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, भटमासकोशा १३३ रुपैयाँ ३३ पैसा, बरेला ११० रुपैयाँ, मेथी, सौफको साग, पालूगो साग र चमसूरको साग ११५ रुपैयाँमा किनबेच हुनेछ भने कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली, सजिवन, रातो बन्दा, बुलेट खुर्सानी र नेपाली मेवा ६५ रुपैयाँ तोकिएको छ ।

    उता, सेलरी प्रतिकेजी २७५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पुदीना ११० रुपैयाँ, इमली १४५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, लोकल लिच्ची १७५ रुपैयाँ, भारतीय लिच्ची २६५ रुपैयाँ, किवि र आभाकाडो ४५० रुपैयाँ, सुकेको लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१० रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend