२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 8.8K
    SHARES

  • सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो


    काठमाडौं, चैत २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडियोबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । 

    केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपाको बैठक सर्‍यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend