२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउन भाषा अति आबस्यक छ : पर्यटनमन्त्री तामाङ


सञ्चार डबली
  • बुधबार, जेठ ३० २०८१
  • 12.0K
    SHARES

  • images
    धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउन भाषा अति आबस्यक छ : पर्यटनमन्त्री तामाङ

    काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले सरकारको चाहना ठूलो संख्यामा नेपालमा चीनीया पर्यटक भित्र्याउनु रहेको बताउनु भएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित चीनीया भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी बृद्धि गर्दै लाखौंको संख्यामा चीनीया पर्यटक भित्र्याउन चाहेको बताउनु भएको हो । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य रहेको पनि उहाँले बताउनु भयो ।

    उहाँले भृकुटीले नेपालमा जन्मिएका भगवान गौतमवुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चीनीया आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाईरहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विस्वास पनि व्यक्त गर्नुभयो । परापुर्व कालदेखिनै सांस्कृतिक सम्बन्धका हिशाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिशाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले  हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सास्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”

    “सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भुगोललाई व्यापक बनाएको दृष्टिले चीनीया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चीनीया पर्यटक दशौँ लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ । ” मन्त्री तामाङले भन्नुभयो । आगामी दिनमा लाखौँ हैन दशौँ लाख चीनीया पर्यटक भित्र्याउने लक्ष्य आफ्नो मन्त्रालयको रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि लाखौँ चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो । भारतीय पर्यटकसँग भाषाको समस्या त्यति जटिल नभए पनि चीनीया भाषा जानेका टुरिष्ट गाईडको कमि हुँदा समस्या उत्पन्न हुनेगरेको उहाँले बताउनु भयो ।

    मन्त्री तामाङले चीनीया नागरिकसँग सहज रुपमा व्यापार सम्बन्ध बढाउन तथा पर्टकको संख्यामा बृद्धिगर्न हरेका होटल रेस्टुडेन्ट, रिसोट, क्याफे लगायत पर्यटन गन्तब्य स्थलहरुमा चीनीयाँ भाषा जान्ने कामदार र गाईडको आवश्यक्ता रहेको बताउनुभयो । त्यसको लागि पर्यटन बोर्ड र नेपाल चीन शैक्षीक केन्द्रले भाषा प्रशिक्षण तालिम राखेर राम्रो प्रयत्न गरे पनि यो पर्याप्त नहुने भन्दै उहाँले अन्य बिभिन्न संघसस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम नियमित र निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको पर्यटन बजारलाई चिनिया लगायत अन्य भाषाका गाईडहरु लाखौंको संख्यामा आवश्यक्ता हुने उहाँको भनाई थियो ।

    सरकार र नीजि क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिष्ट गाईड उत्पान गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्य जनशक्ति पुरा गर्न सकिने पनि मन्त्री तामाङको भनाई थियो । नेपालको पर्यटन विकासको लागी उदाउदो आर्थीक शक्ती चिन एक महत्वपूर्ण बजार हो उहाँले भन्नुभयो, चीनीया पर्यटकको संख्या बढाउने लक्ष्य राखिरहदाँ उनीहरुलाई नेपालका पर्यटकीय क्षेत्रको अवलोकनका क्रममा आफ्नै भाषामा जानकारी दिन सक्ने चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता पर्ने देखिन्छ । दक्ष जनशत्ति (गाईड) उत्पादनका लागि मन्त्रालयले पनि आवश्यक सहजिकरण गर्नेछ । चिनिया लगायत अन्य भाषाका गाएडहरु नेपालमा लाखौंको संख्यामा आवश्यक्ता छ ।

    एक आपसको भाषाको ज्ञानले जनस्तरमा पनि समबन्ध र सम्पर्क अझ विस्तार र प्रगाढ हुनेमा जोड दिदैँ उहाँले चीनीयाहरुलाई पनि नेपाली भाषा सिके राम्रो हुने सुझाव दिनुभयो । त्यसको लागि चीनीया शहरहरुमा नेपाली भाषा शिक्षणको आवस्यकता परे नेपालले प्रशिक्षण पठाएर सहयोग गर्ने आश्वासन मन्त्री तामाङले दिनुभएको थियो । मन्त्री तामाङले भन्नुभयो, नेपालमा व्यापार, व्यवशाय र अन्य कामका सिलसिलामा बसनु भएका चिनिया नागरिकले पनि नेपाली भाषा सिक्दा अझ राम्रो हुन्छ । यदी चिनका शाहरहरुमा पनि नेपाली प्रशिक्षक आवश्यक्ता परे हामी यसको व्यवस्था हामी गर्नेछौ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend