काठमाडौं, २८ चैत । नेपाल बैंक लिमिटेडले नेपाली नव वर्ष उत्सव २०८० को अवसरमा नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन खरिदमा छुट उपलब्ध गराउनका लागि दराज नेपाल सँग आपसी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री होम बहादुर खड्का र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक श्री आँचल कुँवरले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ गते सम्म डेबिट कार्ड मार्फत प्रिपेमेन्टमा ८ प्रतिशत (अधिकतम रु. ७५० सम्म) बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १००० सम्म) को छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्राहकहरुले अप्रिल १० देखि २० सम्म २० प्रतिशत (अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन । उक्त अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्नेछ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै निवेदन दिन समेत आग्रह गरेको छ । उक्त छुट योजनको लाभ लिन नेपाल बैंक लिमिटेड सम्पूर्ण ग्राहकहरुलाई हार्दिक आव्हान गर्दछ ।
नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फतसेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।



