२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गोरखाका नानुमाया गुरुङले गरिन माउण्ट लोत्सेको सफल आरोहण 


  • सोमबार, जेठ १४ २०८१
  • 23.0K
    SHARES

  • images
    गोरखाका नानुमाया गुरुङले गरिन माउण्ट लोत्सेको सफल आरोहण 

    काठमाडौँ, जेठ १४ गते । गोरखा धार्चे गाँउपालिका–५,गुम्दा, लप्सीबोट निवासी पर्वतारोही नानुमाया गुरुङले २१, April बिहान ८.५५ मा ६,११९ मीटर उचाइको लबुचे पिक आरोहण सँगै २२ May बिहान ९.१० मा ८,५१६ मीटर उचाइको माउण्ट लोत्से सफल पूर्वक आरोहण गर्नभएको छ । सन् २०१५ देखि आरोहण सुरु गर्नुभएकी नानुमायाले दुई पटक मनासलु, Island Pick तथा सगरमाथाको एक एक पटक आरोहण गरिसक्नुभएको छ । ग्लासियर हिमालयन प्रा.ली मार्फत सहयोगी पासाङ शेर्पासँगै आरोहणमा जानुभएका उहाँले चार दिन १० घण्टा ४० मिनेटमा माउण्ट लात्से आरोहण गर्नुभएको हो । गुरुङले दर्जनौँ हिमशिखर आरोहण गरिसक्नुभएको छ।

    गोरखाको विकट गाउँमा जन्मेकी नानुमायाले कुनै औपचारिक शिक्षा लिने अवसर नपाएका कारणले सदैव पछाडी परेकोले गर्दा “सबै छोरीलाई अनिवार्य शिक्षा” भन्ने नारालाई सम्पूर्ण विश्वमा रहेका नेपालका सबै छोरीहरुले अवसर पाउनु पर्ने कुरालाई यस आरोहण मार्फत सबैमा आग्रह गनुभएको छ।

    IMG-20240526-WA0002.jpg
    undefined

    यात्राको दौरानमा विश्व जलबायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याएको डरलाग्दो खतरा दृश्यहरु प्रत्यक्षरूपमा अनुभव गरेका उहाँले हिमालहरु नेपालका मात्र नभै पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन राख्ने प्राकृतिक प्रक्रियाको धरोहर भएको कारण विश्व जगतका हरेक प्राणीहरुको अस्तिप्तो माथीनै संकट निम्तिने खतरा देखीएका कारण यसलाई संतुलन राख्नका लागी विश्व बातावरण संरक्षण जस्ता सस्थाहरु लगाएत सरोकारवाला सबैलाई गंभीर रूपमा लाग्न आग्रह गनुभएको छ ।

    नानुमाया अब लगत्तै June १८ तारिखमा पाकिस्तानको केटु हिमाल आरोहरण गर्ने कुरा सञ्चारडवली संवाददातालाई बताउनु भएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend