२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छ–अर्थमन्त्री महत


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 13.3K
    SHARES

  • images
    अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छ–अर्थमन्त्री महत


    काठमाडौं, २८ चैत । उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रलाई सुझाव दिएका छन् । काठमाडौं आज आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

    उनले देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका छन् । निजी क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने उनले प्रतिबद्धता जनाए । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ । रुस–युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्न्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री महत
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend