२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंक लि र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूट प्रा. लिबीच सम्झौता


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 11.5K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंक लि र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूट प्रा. लिबीच सम्झौता


    काठमाडौं, ८ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ” बीच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।०७ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि को तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज लगायतका सेवा माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend