२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चन्द्रागिरी टिम च्याम्पियन, मार्सल आर्ट्स दोश्रो


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 10.1K
    SHARES

  • images
    चन्द्रागिरी टिम च्याम्पियन, मार्सल आर्ट्स दोश्रो
     
    काठमाडौं, ७ जेठ । चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
    शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भएको छ भने तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पारेको छ ।
     
    गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भएकी छन् । बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी सावित भएकी छन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पारेको छ । 
     
    विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेका थिए । 
     
    गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend