२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ एक सातादेखि बिक्री खुला


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 12.1K
    SHARES

  • images
    अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ एक सातादेखि बिक्री खुला


    काठमाडौ, ७ जेठ । अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरिरहेको छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।

    जसअनुसार १ सयअंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् । यस आईपीओमा लमजुङको मर्स्याङ्दी–९ साविक घनपोखरा–१ र २, खुदी– ३, ताघ्रिङ–४, घेरमु –५ का स्थानीयल आवेदन दिन पाउनेछन् ।

    यसैगरी, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

    आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


    स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन फारम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend