२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टियु बिबिए कपको फाइनलमा शंकरदेव


सञ्चार डबली
  • शुक्रबार, जेठ ५ २०८०
  • 10.9K
    SHARES

  • images
    टियु बिबिए कपको फाइनलमा शंकरदेव

    धरान । शंकरदेव क्याम्पस, काठमाडौं यहाँ जारी १५औं टियु बिबिए कप अन्तर क्याम्पस नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार भएको दोस्रो सेमिफाइनलमा शंकरदेवले पृथ्वीनारायण क्याम्पस, पोखरालाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    धरान रंगशालामा भएको खेलमा शंकरदेवका लागि प्रदिप श्रेष्ठ र रामकुमार श्रेष्ठले एक–एक गोल गरे । शंकरदेवले अब जेठ ६ गते हुने फाइनलमा नेपाल कमर्स क्याम्पस, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।

    महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend