काठमाडौं, चैत २८ गते। आज मध्याह्न १२ बजे नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ ।
आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने छ । अहिले मिनी संसदको रुपमा रहेका संसदीय समिति बनिसकेका छैनन् । त्यसका लागि तयारी भइरहेको छ ।



