२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 आजको विदेशी मुद्राको विनिमयदर, बढ्यो अमेरिकी डलरको भाउ


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 10.0K
    SHARES

  • images
     आजको विदेशी मुद्राको विनिमयदर, बढ्यो अमेरिकी डलरको भाउ

    काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । आज अमेरिकी डलर १६ पैसाले वृद्धि भइ उसको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।  

     नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३१ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।

     आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ४७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३ पैसा कायम गरिएको थियो ।  

     त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

    आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

    उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
     

  • सम्बन्धित विषय:

  • # मुद्राको विनिमयदर,
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend