२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मुगु जिल्ला भरी खेलमैदानको अभावले मुगुका खेलाडीहरु आक्रन्त ।। 


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 11.3K
    SHARES

  • images
    मुगु जिल्ला भरी खेलमैदानको अभावले मुगुका खेलाडीहरु आक्रन्त ।। 

    नन्द बहादुर रोकाया
    जेठ २ मुगु
    मुगुमा खेलमैदान नहुदाँ मुगुका खेलाडी समस्यामा परेका छन । जिल्ला भरी कुनैपनि स्थानमा खेलमैदान नहुदाँ मुगुका खेलाडी आक्रन्त बनेका छन । खेलमैदान नहुदाँ बर्षो देखि समस्यामा खेल खेल्दै आएका मुगुका खेलाडीले मंगलबार मुगु सदरमुकाम गमगढी बजारमा खेल मैदानको माग गदै विकासका लागी युवाहरुले दवावमुलक कार्यक्रम आयोजना गरेका छन ।


    रेडपाण्डा युथ क्लवको आयोजनामा गमगढीमा सुविधा सम्पन्न खेल मैदानको माग गदै खेलाडीहरुले दवाव मुलक शान्तिपुर्ण ¥याली निकालेका छन । खेलमैदान लगायत अन्य खुल्लामैदान नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रमहरु आमसभा,दिवस शुउत्सव,खेल प्रतियोगिताहरु सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माद्यामिक विद्यालय बन्द गराएर खेल लगायतका अन्य कार्यक्रम हुने गरेका छन । खेलमैदान अभावले विद्यालय बन्द गराई त्यहाँ कार्यक्रम गर्दा बिद्यालयमा अध्ययनरत विधार्थीहरुले अहिलेसम्म कहिल्यै पनि पुर्ण कक्षा पाउन सकिरहेका छैनन ।


    विद्यालयमा नियमित अध्यापन मा बाधा हुने र ईच्छा शक्ति भएका विभिन्न खेलाडीहरुले नियमित अभ्यास गर्न नपाउँदा जिल्ला तथा राष्ट्रले दक्ष खेलाडी गुमाई रहेकाले विगतमा जे जसरी बितेपनि आगामी दिनमा सुविधा सम्पन्न खेल मैदान बनाउन स्थानिय,प्रदेश र संघिय सरकारको ध्यान जाओस भनेर शान्तिपुर्ण दवाव मुलक कार्यक्रमको आयोजना गरेको रेडपाण्डा युथ क्लव मुगुका कावा अध्यक्ष नविन कुमार मल्लले बताए । उनका अनुसार हामी युवाहरुले कति चोटी पार्टीका झण्डा बोकेर विभिन्न आन्दोलनमा सहभागी भयौ, कति चोटी भोट पनि हालेयौ, कति जनाले जिते पनि तर सार्वजनिक सरोकारको विषय रहेको त्यसमा पनि प्रत्यक्ष युवासंग सम्वन्धित रहेको खेल मैदान बनाउन तिर नेता तथा पार्टीहरुको कहिल्यै ध्यान गएन । अब हामी युवाले पार्टी तथा नेताहरुको उदेश्य बुझिसकेका छौ । हामी अब कसैको मोहोरा बन्दैनौ र कसैको ललिपपमा लालाहित हुदैनौ । अव जसले युवाको माग सम्बोधन गर्छ आगामी दिनमा हाम्रो साथ सपोट उहि पाटी, उहि व्यक्तिलाई हुने छ अध्यक्ष मल्लले भन्नुभयो ।

    1.jpg
    undefined

    विश्वले विकासमा नयाँ नयाँ मोडल सोचेर फडको मारिरहँदा मुगुजिल्ला भरीमा एक सुविधा सम्पन्न खेल मैदान नहँनु अहिले सम्मका नेतृत्व, यहाँ आउने प्रशासक तथा कार्यालय प्रमुखहरुको लागी लाजको विषय हो । युवाहरुको मागमा आफनो एक्यवद्धता जनाउदै नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले प्रदेश सरकारबाट सामाजिक विकास कार्यालयमा खेल मैदान निमार्णका लागी बर्षेनी करोड बढी रकम आउने गरेपनि जग्गा उपलब्ध नहुँदा सधै र्फिज जाने गरेको बताउदै अब स्थानिय सरकार छायाँनाथ रारा नगरपालिकाले खेल मैदानका लागी जमिन खरिद गर्नु पर्ने खेल मैदान कणाली प्रदेश सरकारले बनाउनु पर्ने र अन्य भौतिक संरचना बनाउन संघिय सरकारको ध्यान जानु पर्ने माग गर्नु भयो । आफना जनमुखि,युवामुखि जिल्लाका लागी अति आवश्यक रहेको खेल मैदान निमार्णको माग माथी तिनै तहका सरकारहरुले ध्यान नदिए मुगाली युवाहरुले आगामी दिनमा अझ कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्ने पनि रेडपाण्डा युथ क्लवले जनाएको छ ।


    खेल मैदान नहुदा मुगाली युवाहरु विभिन्न खेलहरु घरका आँगनमा,खेत गरा तथा खोला नदिका बगरमा खेलेर मनोरंञ्जन लिने गदै आएका छन । सरकारले एक स्थानिय तह एक खेल मैदानको अवधारणा लिए पनि मुगुका चार वटै स्थानिय तहमा कतै खेल मैदान बनाईएको छैन । युवाहरु दुव्र्यसन, विभिन्न कुलतहरुमा फस्नु,आपराधिक किृयाकलापमा सहभागी र संलग्नु हुनु पनि भुल्ने,व्यस्त हुने ठाँउ नहुनु पनि भएकाले जिल्लामा सुविधा सम्पन्न खेल मैदान बनाएमा युवाहरुमा सकारात्मक सोचको विकास हुने रेडपाण्डा युथ कल्वका फुटबल खेलाडी विशाल मल्लले बताए । 


    युवाहरु सार्वजनिक महत्वका  विषयमा चासो दिएर खुल्नुलाई स्थानियहरुले सकारात्मक रुपमा लिएका छन भने अब युवाहरुले केहि गर्छन की भनेर सबैले आश गरेका छन । खेलमैदानको माग सहित दवाब मुलक कार्यक्रम गरेको रेडपाण्डा युथ कल्वले छायाँनाथ रारा नगरपालिका र जिल्ला प्रशाससन कार्यालय मार्फत प्रदेश तथा संघिय सरकार लाई ध्यानर्कषण पत्र सहित मुगुको खेलमैदानको समस्या दर्शाउदै ध्यानर्कषण गराएको रेडपाण्डा युथ क्लवले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend