२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 11.4K
    SHARES

  • images
    सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै


    काठमाडौं, चैत २८ गते। सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्  ।लिगको आठौं चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    यस्तै च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सहिद स्मारक ए डिभिजन लिगः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend