२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु, एक पटक अवस्य पढ्नुहोला


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 12.6K
    SHARES

  • अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु, एक पटक अवस्य पढ्नुहोला


    काठमाडौं । राम्रो बन्न जो कोहिलाई पनि मन पर्छ । विशेषत छोरी मान्छे्हरु राम्री बन्न मन पराउछन् ।उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन ।

    अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।

    मुसुरोको दाललाई मोटो धुलो सुक्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने । यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ । दालको पेस्टलाई कम्तीमा १० देखि १५ मिनेटसम्म राखेर धुनुपर्छ ।

    चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसो गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

    अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने गोलभेँडालाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

    महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुक्खा छ भने सधैँ राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

    अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुक्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

    दही छाला र केस दुवैका लागि अत्यन्त लाभकारी छ । सुक्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुक्खा र सामान्य छाला सधैँ चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुट्की बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ । त्यस्तै गरी राति सुत्नुअघि दूध र दहीले मुख धुने हो भने छाला राम्रो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend