२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा ताप्लेजुङमा १५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया


सञ्चार डबली
  • शनिबार, फागुन १९ २०८०
  • 11.9K
    SHARES

  • images
    वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा ताप्लेजुङमा १५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

    शनिबार, फागुन १९, २०८०

    ताप्लेजुङ – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो ।

    डा. रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको थियो । मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताए ।

    सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ-गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो । शिविरमा जिल्लाभित्र र पाँचथरबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिए । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend