२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, डल्ले खुर्सानी खानुका फाईदाहरु


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 12.7K
    SHARES

  • images
    यस्तो छ, डल्ले खुर्सानी खानुका फाईदाहरु


     काठमाडौं, ३० बैशाख । डल्ले अथार्त् अकबरे खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् ।

    ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि । अकबरे खुर्सानी खानुका फाइदा बारे तल उल्लेख गरिएको छ ।

    अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

    अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु निको हुन्छ ।

    अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्धत गर्छ ।

    अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्‍याउँछ ।

    अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend