२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

के तपाई दैनिक ६ घण्टाभन्दा कम सुत्ने गर्नुहुन्छ ? हुनसक्छ यस्तो जोखिम


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 10.4K
    SHARES

  • के तपाई दैनिक ६ घण्टाभन्दा कम सुत्ने गर्नुहुन्छ ? हुनसक्छ यस्तो जोखिम


    काठमाडौं । के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घन्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ । 

    २४ घन्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक र डाक्टरहरूले निद्राको सन्दर्भमा यस्तो दाबी गरेका छन् ।युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको मेडिसिन विभागका निद्रा विशेषज्ञ डा। रिचर्ड क्यास्ट्रियोटाका अनुसार राति ६ घण्टाभन्दा कम सुत्दा मानिसको स्मरणशक्तिमा ह्रास आउने बताएका छन् ।

    निद्राको कमीले सबैलाई एकै किसिमले असर गर्दैन, तर यसले मस्तिष्कमा अवश्य असर गर्छ । पेन मेडिसिनकी निद्रा विशेषज्ञ डा इन्दिरा गुरुभगवतुला भन्छिन् ‘निद्रा कम भयो भने हामी साना साना कुराहरू बिर्सन सक्छौं, जस्तै चाबी कहाँ राखिन्छ, चिनेजानेको व्यक्तिको नाम के हो आदि ।’

    वाशिंगटन स्कूल अफ मेडिसिनका बिहेवियरल न्यूरोलोजिस्ट डा. माइकल रोजेनब्लुमका अनुसार निद्राको कमीले दिमागमा नकारात्मक असर पार्छ र त्यसको असर लामो समयसम्म रहन सक्छ । डा. गुरुभागवतुलाका अनुसार एक रातको खराब निन्द्राले हुने क्षतिलाई हटाउन धेरै रात ठोस निद्रा आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सुधार हुन अझै समय लाग्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend