२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बिमा


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 10.6K
    SHARES

  • images
    गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बिमा


    काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०–०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बिमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।

    ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेको छ।

    आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बिमा फारम उपलव्ध गराएर बिमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ। कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बिमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए।

    गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन्। दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। कार्यक्रम अब निरन्तर चल्नेछ। बिमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बिमा हुने गाउँपालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend