२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दादुरा–रुवेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप नेपाल आइपुग्यो


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 10.5K
    SHARES

  • दादुरा–रुवेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप नेपाल आइपुग्यो


    काठमाडौं ।  स्वास्थ्य सेवा विभागले दादुरा–रुवेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप नेपाल आइपुगेको जनाएको छ। अन्तराष्ट्रिय संस्था गाभीको सहयोगमा खोप सोमबार नेपाल ल्याएको बताइएको हो। 

    विभागले उक्त खोप ५७ लाख बालबालिकालाई लगाउने कार्यक्रम रहेको जनाएको छ। भारतसँग जोडिएका १९ जिल्ला र काठमाडौं उपत्यका गरेर २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिका र बाँकी ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने योजना विभागको छ।

    देशभर सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरेर फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए। दादुरा र रुबेलाको खोप अभियान यसअघि जाजरकोट र पश्चिम रुकुममा सञ्चालन गरिसकेको छ। सरकारको सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend