२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकताबीचको एकता नै नेपालको मौलिकता : वसन्तकुमार नेम्वाङ


  • बिहीबार , माघ ४ २०८०
  • 10.2K
    SHARES

  • images
    बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकताबीचको एकता नै नेपालको मौलिकता : वसन्तकुमार नेम्वाङ

    काठमाडौं, ४ माघ । नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले नेम्वाङले अहिले देशमा संघीयताको कुनै विकल्प नभएको बताएका छन्। 

    इलाममा आयोजित माघे सङ्क्रान्ति सत्यहाङमा मकर सेवा समारोहको प्रमुख अतिथि रहेका नेम्वाङले संघीयतालाई बलियो बनाउन सबै मिलेर लाग्नु पर्ने बताए। ‘संघीयताको विकल्प छैन अहिले, अहिले मुलुकमा यसको विकल्प खोज्नु हुँदैन, पाइँदैन, त्यसलाई हामीले ठिक ढङ्गले प्रयोग गर्नुपर्छ, त्यसले ठिक ठाउँमा पुर्‍याउँछ’, उनले भने। 

    के सत्ता पक्ष, के प्रतिपक्ष आजको राष्ट्रको आवश्यकता देशका सम्पदाको जगेर्ना र विकास रहेको उनले बताए। ‘सबैजना एक जुट, एक स्वर हुनुपर्छ, सबै जना लाग्नु पर्छ, अनि मात्र हामीले मुलुकको आवश्यकता पूरा गर्न सक्छौँ’, उनले भने। 

    बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकता बिचको एकता नै नेपालको मौलिकता रहेको बताए। नेम्वाङले यो नेपालको पहिचान भएको बताउँदै यी सबै नेपाली मौलिक पहिचानको देन भएको प्रष्ट पारे। नेपाली समाजलाई एक बनाउन किरात धर्मगुरु–गुरुआमाले खेल्नु भएको भूमिका सराहनीय रहेको नेम्वाङले बताए। 

    नेम्वाङले सबैलाई संयमता, हार्दिकता, एकता, सद्भावलाई अझ बलियो बनाएर समग्र मुलुकको विकासका निम्ति टेवा पुर्‍याउन पनि आग्रह गरे। उनले सबैलाई धार्मिक तथा सांस्कृतिक विकास सँगै अन्य क्षेत्रको सर्वाङ्गीण विकासमा सशक्त भएर लाग्न आह्वान गरे। 

    इलाममा सुवास नेम्वाङले देख्नु भएको सपना पूरा गर्न अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए। सडक, पुल लगायतका पूर्वाधार निर्माणका काम सुरु भएका भए पनि ती काम पूरा गर्न बाँकी नै रहेको नेम्वाङले सुनाए। 

    नेपाली बिचको हार्दिकतालाई अझ प्रगाढ बनाउन संवाद र छलफल चलाउनु पर्ने उनले बताए। संवाद र छलफलबाट मात्रै सबै समस्याको समाधान हुने उनले प्रष्ट पारे।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend