२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

१० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि


  • मंगलबार, माघ २ २०८०
  • 8.4K
    SHARES

  • images
    १० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि

    चितवन, २ माघ । चितवनमा १० महिनापछि दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो। 

    निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो। उनलाई अस्पतालमै राखेर उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए।  

    २९ वर्षीय पुरुषलाई होम आइसोलेसनमा राखिएको उनले जानकारी दिए। जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिएका छन्।

    कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend