२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कोरोना भाइरसको नयाँ संक्रमणः विश्वका ४० देशमा फैलियो जेएन.१ भेरियन्ट


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 10.5K
    SHARES

  • कोरोना भाइरसको नयाँ संक्रमणः विश्वका ४० देशमा फैलियो जेएन.१ भेरियन्ट


    काठमाडौं । कोरोना भाइरसको नयाँ संक्रमण जेएन.१ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ । कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ । यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन् । जसमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा ​​संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ ।

    डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend