२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

डा. गोविन्द केसीले तोडे अनसन


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 7.1K
    SHARES

  • डा. गोविन्द केसीले तोडे अनसन

    २ पुस, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । 

    स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् । केसी धनगढीस्थित सेती अस्पतालमा केहीदिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।

    १० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए । 

    सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँपटक अनशनमा बसेका थिए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend