२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपालमा पशु चिकित्सकहरुको चरम अभाव


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.9K
    SHARES

  • नेपालमा पशु चिकित्सकहरुको चरम अभाव


    काठमाडौं । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ ।बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो । पशु चिकित्सक परिषद्का अनुसार नेपालमा सरकारीस्तरमा मात्रै एक हजार दुई सयको हाराहारीमा पशु चिकित्सक (भेटेरिनरी डाक्टर) आवश्यक छ । तर तीमध्ये झण्डै आठ सय पशुचिकित्सक खाली छन् अर्थात अभाब रहेको तथ्या‌‌कले देखाएको छ ।

    परिषद्का अनुसार देशभरिका संघ, प्रदेश र स्थानीय तहमा कुल १ हजार दुई सय एकजना पशु चिकित्सक र पशु विकास अधिकृतहरूको दरबन्दी छ । तर समयमै भर्ना नखुलाउँदा र स्थानीय तहमा जाँदा तह घटुवा हुने हुँदा पदपूर्ति हुन अझै नसकेको देखिएको छ । पशु चिकित्सक परिषद्का रजिष्टार डा.मनोजकुमार शाहीका अनुसार सरकारी र निजीबाट गरेर देशभरका लागि दुई हजार नौ सय पशु चिकित्सक आवश्यक छ । तर सरकारी र निजी दुवै क्षेत्रमा पशु चिकित्सकको अभाब छ ।

    चिकित्सक अभावकै कारण स्थानीय तह आफैँले भेटेरिनरी अस्पतालसमेत सञ्चालन गरेका छैनन् । प्रदेशस्तरीय भेटेरिनरी अस्पताल पनि छैन । ७७ मध्ये ५१ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा छन् । सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक (भेटेरिनरी डाक्टर) खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोगलगायतलाई नियन्त्रण गर्न सरकारलाई कठिनाइ छ ।

    परिषदका अनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिकामा मात्रै पशु चिकित्सक कार्यरत छन् । बाँकी पाँच सय १६ स्थानमा पशु चिकित्सक खटाउन सकिएको छैन । सुरुमा दुई सय ८३ पालिकामा पशु चिकित्सक खटाइएको भए पनि विभिन्न असन्तुष्टिका कारण ४६ जनाले जिम्मेवारी छाडेको परिषद्को भनाइ छ । जसकारण हाल दुई सय ३७ स्थानमा मात्रै पशु चिकित्सक कार्यरत छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७५ मा समायोजन गर्दा जम्मा एक सय २६ जना दर्तावाल पशु चिकित्सकहरू स्थानीय तहका लागि छानिएका थिए । त्यस्तै, संघको ससर्त अनुदान कार्यक्रमअन्तर्गत एक पालिका एक पशु चिकित्सक र केही स्थानीय तहले आफ्नो स्रोतबाट खर्च हुने गरी करारमा कुल एक सय ५७ पशु चिकित्सक भर्ना गरेका थिए ।

    अहिले नेपालमा उत्पादन हुने पशुपक्षी क्षेत्रको अधिकांश जनशक्ति उच्च शिक्षा र अवसरको लागि विदेशिएको र बाँकी रहेको जनशक्ति व्यवसाय भन्दा पनि रोजगारीमा संलग्न भएको पाइन्छ । कृषि विषयमा अध्ययन गरेका विज्ञहरूले पशुपक्षी उत्पादन र यस सम्बन्धी उद्यममा लाग्ने हो भने नेपालको पशुपक्षी क्षेत्रको रूपान्तरण सम्भव देखिन्छ तर यसको लागि सरकारले यस्तो दक्ष जनशक्तिलाई देशभित्रै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सरोकारवालाहरु बताउँंछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend