२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मेथि खानुका अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 11.0K
    SHARES

  • मेथि खानुका अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला


    काठमाडौं । मेथि हाम्रो भान्सामा सजिलै पाईन्छ । यस्लाई मसलाका साथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको स्वाद हल्का तितो भए पनि शरिरका लागि भने निकै फाईदाजनक हुन्छ । हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन।

    तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

    मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन९सी, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

    हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।

    प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।

    मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या ९घाउ, पासेको र पोलेको, घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend