२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजाको अभिनय


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 12.5K
    SHARES

  • प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजाको अभिनय

    काठमाडौं, १९ वैशाख । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

    मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन: प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

    हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ परिचय, लगायतका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो ।

    भिडियो लिंक : https://youtu.be/6eQtcPjk4g0

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend