२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैनः सुदन किराती


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 11.9K
    SHARES

  • नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैनः सुदन किराती

     

    काठमाडौं । नेपाली समाजमा धार्मिक, साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । आज ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले अहिले धार्मिक द्वन्द्वको कोसिस भए पनि सामाजिक एवं भौगोलिक बनावटको कारणले असफल हुने भन्दै नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका हुन् ।

    उनले भने, ‘नेपाली समाजमा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैन । विगतमा पनि त्यस्ता किसिमको कोसिस नभएका होइनन् तर म ठोकेरै भन्छु, नेपालको सामाजिक र भौगोलिक बनावटको कारणले यस्ता कोसिस पटकपटक बिफल भएको छ । फेरि पनि कोसिस भइरहेको छ तर बिफल हुन्छ ।’

    उनले देशको भौगोलिक र सामाजिक रुपले हेर्दा समुदाय समुदाय र सम्प्रदाय सम्प्रदायबीच द्वन्द्व हुने सम्भावना कम रहेको बताए ।नेपालमा सबै धर्म सम्प्रदाय अल्पसङ्ख्यक रहेकाले कसैले पनि चाहेर अरुमाथि हिंसा मच्चाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend