२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित छ–प्रकाशमान सिंह


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 10.9K
    SHARES

  • पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित छ–प्रकाशमान सिंह


    काठमाडौं, १४ वैशाख । पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । बोजिनी नगरकोट रिसोर्टमा आजदेखि सुरू भएको कांग्रेस काठमाडौं जिल्लाको बैककलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

    “पछिलो समय कांग्रेस पावर बेस पोलिटिक्समा मात्रै केन्द्रित भयो । यसले खासरूपमा राम्रो परिस्थिति सृजना गरेको छैन,” नेता सिंहले भने । उनले कांग्रेसले मूल्यमान्यता र आदर्शको राजनीतिबाट विमुख भएको पनि बताएका छन् ।

    उनले उपनिर्वाचनको नतिजालाई सामाधारणरूपमा नलिनका लागि नेता, कार्यकर्ताहरूलाई सुझाव दिएका छन् । उनले नतिजाको गम्भीर समीक्षा गर्नुपर्ने र कमीकमजोरीहरूलाई सुधार्दै लानुपर्ने बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend