नेपालमा डेंगुका बिरामीको संख्या दैनिक बढ्दो क्रममा छ। बिरामीको संख्या बढेसँगै अस्पतालमा पनि चाप बढेको छ। डेंगु के होरु कसरी सर्छरु यसको असर र बच्ने उपाय लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनसँग गरेको कुराकानी :
डेंगु कसरी सर्छ ?
डेंगु एक भाइरल संक्रमण हो। यसका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाईपहरु हुन्छन। नेपालमा चारै सेरोटाईपहरु रहेको पुष्टि भैसकेको छ। एडीस जातको संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने यो सर्छ ।
लक्षण के के हुन ? कति दिनमा लक्षण देखिन्छ ?
सामान्यतय संक्रमण भएको ४ देखि १० दिन मा लक्षणहरु देखिने गर्दछ। अचानक ज्वरो आउनुरजाडो लाग्नु, टाउको अत्यधिक दुख्नु, आखाको गेडी खस्ला जस्तो गरेर दुख्नु, ढाडको तल्लो भागरकम्मरमा अत्यधिक दुखाई हुनु, जोर्नी तथा मांशपेशीका दुख्नु, वाकवाकरबान्ता हुनु, खानामा तिब्र अरुचि बढ्नु, बेचैनी हुनु, शरीरमा बिबिरा देखिनु मुख्य तथा प्रारम्भिक लक्षणहरु हुन्। कतिपयमा भने नाक वा गिजाबाट पनि रगत आउने पनि गर्दछ।
डेंगुको असर के हुन्छ ?
डेंगुको कारण बिशेषत रक्तश्राप हुने, पेट तथा छातीमा पानी जम्ने, तथा कलेजो, मृगौला, मस्तिष्क लगायतका शरीरका महत्व पूर्ण अंगहरु समेत प्रभावित हुने गर्दछ।
डेंगु कसरी निदान गरिन्छ ?
नेपालमा बिशेष गरेर द्रुत परीक्षण किटबाट ९आरडीटी० निदान गर्ने गरिन्छ। तर निदान पिसीआर प्रबिधिबाट पनि गर्ने गरिन्छ। पिसीआर प्रविधिबाट डेंगुको सेरोटाईप समेत छुट्याउन सकिन्छ।
डेंगुको हालको उपचार के हो ?
डेंगुको बिशेषत ‘एन्टी डेंगु औषधि’ नहुने भएकोले लक्षणमा आधारित भएर उपचार गरिन्छ।
धेरैलाई ज्वरो उच्च आउने त देखिएकै छ। तर सिटामोलले खासै नछुने रहेछ। कस्ता औषधि खुवाउनेरु ज्वरो मात्रै भए
सिटामोल खुवाउने भन्ने सुनिन्छ। डाबर लगायतका अन्य लक्षण देखिएमा के गर्ने ?
सिटामोलले खासै नछुने गरेको संक्रमित बिरामीहरुको गुनासा छन। सिटामोल लिए पश्चात पनि ज्वरो कम भएर पानी–पट्टि लगाएर भएपनि कम गर्नु पर्दछ।निरन्तर ज्वरो नभए आवश्यकता अनुसार सिटामोल लिन सकिन्छ। डाबर वा चिलाएमा एन्टी एलर्जीक औषधीको प्रयोग पनि गर्न सकिन्छ।
कतिपय डाक्टरहरुले उच्च ज्वरो आएमा दुईवटासम्म सिटामोल खान सकिन्छ भनेको सुनिन्छ। कस्तो उमेर, तौलका बिरामीले दुइटा सिटामोल खान मिल्छरु यसका अन्य विषय (कति समयमा, कतिबेला) केके हुन् ?
सिटामोल एक जना बयस्कले २४ घण्टामा अधिकतम ४ ग्रामसम्म लिन सक्दछ। एक ट्याब्लेट ५०० मिलिग्रामको हुने भएकोले आवश्यकता अनुसार २ ट्याब्लेट लिन सकिन्छ। ४ देखि ६ घण्टाको फरकमा ४ ग्राम भन्दा बढी नहुने गरि लिन सकिन्छ।
सामान्य खाना ९दाल भात तरकारी० नरुच्ने लक्षण धेरैलाई छ। विकल्पमा के खान सकिन्छरु मासु, अण्डा र फलफूल खान सकिन्छ कि सकिँदैनरु सकिन्छ भने कस्तो र कसरी खाने ?
खानामा अरुचि तीब्र हुने भएकोले बिरामीकोखानामा रुचि भने हुँदैन। खान नमिल्ने भन्ने हुदैन तर यस्तो अवस्थामा विशेषत झोलिलो अथवा जीवनजल लाभदाएक मानिन्छ। शरीरलाई पचाउन पनि सहज हुनेछ।
उच्च ज्वरो मात्रै आउँदा डराउनुपर्छ कि पर्दैनरु वा अन्य कस्ता लक्षण आउँदा डराउनुपर्दैनरु कुन अवस्थामा अस्पताल पुग्ने ?
उच्च ज्वरो डेंगु संक्रमितमा अनुमानित नै हो र आउछ तर डराउनु हुदैन। चेतावनीक लक्षण अर्थात् ‘वार्निङ साइन’ देखिए भने तुरुन्त अस्पताल जाने वा चिकित्सकको सल्लाह लिनु पर्दछ। तारन्तार बान्ता हुनु, रगत बग्नु ९ जस्तै नाक, गिजा, दिसा, पिसाब वा बान्तामा०, अत्यधिक अलश्य हुनु, श्वास प्रश्वासमा कठिनाई हुनु, पेटमा अत्यधिक दुखाई हुनु आधी चेतावनीक लक्षणहरु हुन। त्यस्तै चिकित्सकको परिक्षणमा कलेजोको आकार बढेको देखिन्छ भने प्लेटेलेट्सको संख्यामा तिब्र गिरावट र हेमाटोकृत बढेको देखिन्छ।
प्लेट्लेट्स् कम भएमा आन्तरिकरबाह्य रक्तश्राव हुने र त्यतिबेला अस्पताल जानुपर्ने भन्ने सुनिन्छ। रक्तश्राव कसरी हुन्छरु तुरुन्तै धेरै बग्ने हो किरु सामान्य रुपमा रगत बग्न थालेपछि अस्पताल पुगिहाल्नुपर्ने हो कि ?
सामान्यतय आन्तरिक होस् बाहेक बाह्य कुनै पनि रक्तश्राव भएको देखिए तुरुन्त अस्पताल जाने वा चिकित्सकको सम्पर्कमा जानु पर्दछ।
कस्ता खानपिनले प्लेट्लेट्स् बढाउँछन्रु के खाने, के नखाने ?
यहि खानाले मात्र प्लेटेलेट्सको संख्यामा बढाउछ भन्ने छैन। झोलिलो खानेकुरा, फलफुल लगायतको खान खादा छिटो स्वस्थलाभ गर्न सकिन्छ। प्लेटेलेट्सको संख्या बिशेष कुनै खानेकुरा नखाएर पनि केहि दिनमा फेरी सामान्य अवस्थामा फर्कने गरेको अनुभवहरु छ।
डेंगु संक्रमितमा सेता रक्तकोष पनि कम हुने होरु कम भएमा के खाने, के नखाने ?
सेतो रक्ताकोशिकामा कमी आउदा बढाउनको लागि कुनै विशेष खान खानु पर्छ भन्ने हुँदैन।
डेंगुका बिरामीमा चाररपाँच दिनमा ज्वरो निको हुने रहेछ। त्यो डेंगु निको भएको अवस्था हो कि होइन ?
ज्वरो आएको ३ देखि ५ दिन सम्ममा धेरैको ज्वरो घट्छ तर कतिपयमा भने त्यसपछि २४ देखि ४८ घण्टा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ जना सक्ने सम्भावना रहन्छ। तसर्थ ज्वरो सकिने बित्तिकै बिशेष सतर्कता अपनाउन जरुरी हुनेछ।
अहिले नेपालमा फैलिएको डेंगु एकै प्रकारको हो कि फरकफरक छन्रु कस्ताकस्ता प्रकारका डेंगु छन्रु एकपटक डेंगु लागिसकेको बिरामीलाई पुनः लाग्छ कि लाग्दैनरु कति समयपछि लाग्छरु कति समयपछि दोहोरिएर लागेको डेंगुमा डराउनुपर्ने हुन्छ ?
डेंगुका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाइपहरु छन्। नेपालमा चारै सेरोटाइपहरु देखिसकेको छ। एकपटक लागिसकेका बिरामीलाई पुनः संक्रमित हुनसक्दछ तर तत्काल निको भएपछी भने हुदैन। अर्को पटक फरक सेरोटाइप पुनः संक्रमण गरे बिरामीमा लक्षण थप कडा हुनसक्दछ।
प्लेट्लेट्सको संख्या कतिबाट तल आयो भने सजग हुनुपर्छरु वा डाक्टररअस्पतालको निगरानीमा बस्नुपर्छरु व्यक्तिपिच्छे फरक हुन्छ कि के हुन्छ ?
प्लेटेलेट्सको संख्या २० हजार भन्दा कम भए चिकित्सकको निगरानी रहनु पर्दछ। यधपी २० हजार भन्दा माथि भएपनि कुनै समस्या देखिए चिकित्सकसंग सम्पर्क भने रहनु पर्दछ।
पेन किलर र अन्य एन्टिबायोटिक किन खान हुँदैन ?
सिटामोल बाहेक अरु पेन किलर ९एनएसएआइडिएस समुह० को औषधि खाँदा रक्तश्राब र पेटमा समस्या ९ग्यासट्रइटिस० को जोखिम हुन्छ। एन्टीबायोटिकको भूमिका डेंगुमा नभएकोले प्रयोग गर्नुको औचित्य रहँदैन।
मेवाको पातको भ्रम र यथार्थ के हो ?
मेवाको पात प्रयोग गर्नु अगाडि कसरी, कति मात्रा लिने वा कस्तो स्वस्थ समस्या भएकाले लिनु हुनेरनहुने विज्ञको सल्लाह लिनु जरुरी हुन्छ। यसको प्रयोग हाल साथीभाई वा सामाजिक संजालमा लेखिएको आधारमा जथाभावी खाँदा कतिपय बिरामीहरु जटिल अवस्थामा अस्पताल आएका देखिन्छ।

