२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? पुदिना प्रयोग गर्नुहोस्


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 10.9K
    SHARES

  • तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? पुदिना प्रयोग गर्नुहोस्

     

    काठमाडौ, ४ भदौ । तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीहरुसंग खुलेर बोल्न पनि सक्नु भएको छैन् ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ ।
    के छन् पुदिनाका फाइदा ?

    १. मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पात पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ । यसो गर्नाले गिजा बलियो बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ ।
    २.यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ ।
    ३.पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ ।
    ४.पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ ।
    ५. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नूनको धूलो मिलाएर खादाँ फाइदा पुग्छ ।
    ६. पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसको प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ ।
    ७. पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ ।
    ८. पुदिनाको नियमित प्रयोगले पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्नेछ ।
    ९.पुदिनाको प्रयोगले मिन्सुरेन्सको समयमा पेट दुख्नेसहितको समस्या समाधानमा सहयोगी बन्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend