२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

के ‘धोकेबाज’ गायिका एलिना प्रेममा छिन् ?


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 12.8K
    SHARES

  • के ‘धोकेबाज’ गायिका एलिना प्रेममा छिन् ?

    काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान ।

    करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो ।

    गीत भाइरल भएपनि गायिका चौहानको व्यस्तता बढ्नु स्वभाविक हो । स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमको चर्चा पनि चल्न थालेको छ ।

    जुन चर्चालाई उनले एकपछि अर्को गर्दै लगातार बनाएको टिकटक भिडियोले बल पुगेको छ । सापकोटासँग उनले केही दिनयता धेरै टिकटक पोष्ट हालेकी छन् ।

    सापकोटासँग उनको भेट गत भदौमै तिजको कार्यक्रमका  सिलसिलामा अष्ट्रेलियामै भएको थियो । त्यहीवेलादेखि उनीहरु प्रेममा रहेको बताइन्छ । अष्ट्रेलियामा अहिले हुने उनको कार्यक्रम व्यवस्थापन  समेत विष्णुले गरिरहेको बताइन्छ ।

    भदौको कार्यक्रमबाट फर्किदा विष्णु पनि उनीसँगै नेपाल आएका थिए । नेपालमा उनीहरुले एउटा युगल गीत समेत गाए ‘बाजा तालमा’  । गीतले चर्चा भने कमाउन सकेन ।

    एलिनाले विष्णुसँगको एउटा टिकटक दुबैलाई जोडेर बनाएकी छन् । उक्त भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् । विष्णुको टिकटक अकाउन्टमा पनि एलिनासँगको भिडियो बाक्लै भेटिन्छ ।

    विष्णुले ‘चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी’मा डुयट भिडियो हालेका छन् । जसमा एलिनाले ‘ल ल छाड्दिनँ’ भन्दै कमेन्ट गरेकी छन् ।

    टिकटकमा उनीहरुको गतिविधि हेर्दा उनीहरुले गुपचुप प्रेम अगाडि बढाइरहेको सजिलै अनुमान गर्न सकिन्छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend