२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

आज ‘अकवान’ चक्रवातको आंशिक प्रभाव, तराई मधेशमा हुस्सु


सञ्चार डबली
  • बिहीबार , मंसिर ३ २०८३
  • 1.1K
    SHARES

  • आज ‘अकवान’ चक्रवातको आंशिक प्रभाव, तराई मधेशमा हुस्सु

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

    बंगालको खाडीमा विकसित अकवान चक्रवातको अहिलेसम्मको अवस्था हेर्दा नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना भने नरहेको महाशाखाका मौसमविदहरु बताउँछन् । यद्यपि आगामी दिनमा यसको गति र दिशा विश्लेषण गरेर मौसमबारे अध्यावधिक गरिने उनीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend