२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.4K
    SHARES

  • काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा

    पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

    श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे भने स्पष्ट पारेकी छैनन्।

    आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने श्रेष्ठले बताएकी छन्। 

    श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट समेत टाढिएकी थिइन्।

    उनको उम्मेदवारी घोषणासँगै काठमाडौं महानगरपालिकाको आगामी निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend