२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

गोरखा प्रशासनमा सहायता कक्ष स्थापना, निःशुल्क फोटोकपी र परामर्श सेवा


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.1K
    SHARES

  • गोरखा प्रशासनमा सहायता कक्ष स्थापना, निःशुल्क फोटोकपी र परामर्श सेवा

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय, गोरखाले सहायता कक्ष स्थापना गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उद्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याएको हो । 

    सामान्य प्रशासनिक प्रक्रिया नबुझ्दा, कुन कामका लागि कहाँ जाने र के कागजात चाहिन्छ भन्ने ज्ञान नहुँदा सेवाग्राहीले धेरै दुःख पाउँदै आएकाले सहायता कक्ष सञ्चालनमा ल्याउन परेको हो ।  

    सरकारी कामकाज लिएर प्रशासन कार्यालय पुगेका सेवाग्राहीको प्रशासनिक प्रक्रिया सहज बनाउन कार्यालयले सहायता कक्षा स्थापना गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

    “प्रशासन कार्यालयमा जिल्लाभरका बालबालिका, बृद्धबृद्धा, अपाङ्गता र सामान्य लेखपढ गर्न सेवाग्राही आउनुहुन्छ”, उनले भने ।    प्रजिअ शर्माले प्रशासन कार्यालयको सहायता कक्षमार्फत सोधपुछ सेवा र निःशुल्क फोटोकपी तथा स्क्यानिङ्ग सेवा समेत दिने गरेको छ ।  

    सहायता कक्षमार्फत टिकट बिक्री सेवा र प्रशासनिक प्रक्रियाबारे जानकारी समेत दिइने गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम सम्बन्धित फाँटबाटै भरिदिने सेवासमेत सुरु गरेको शर्माले बताए ।

    अनलाइन फारम भर्ने तथा फोटोकपीलगायत सामान्य काममा पनि सेवाग्राहीले पसलमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएपछि प्रशासन कार्यालयले नै उक्त सेवा निःशुल्क रुपमा सुरु गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend