२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

दूरसञ्चार सेवा प्रदायकहरूलाई १० दिनभित्र विवरण पेस गर्न प्राधिकरणको निर्देशन


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 660
    SHARES

  • दूरसञ्चार सेवा प्रदायकहरूलाई १० दिनभित्र विवरण पेस गर्न प्राधिकरणको निर्देशन

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई १० कार्य दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।

    आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे अनुसार हुने व्यवस्था रहेकाले सोही बमोजिम विवरण माग गरिएको हो।

    प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायकहरूले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज महिनासम्म नियमानुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित विवरण पेस गर्नुपर्नेछ।

    तोकिएको ढाँचामा मासिक बिक्री, इन्टरनेट बिक्री बापतको आय, मर्मत सम्भार, उपकरण बिक्री तथा अन्य आयलगायत दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिला भए/नभएको स्पष्ट विवरण १० कार्य दिनभित्र प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमल, काठमाडौंमा बुझाउनुपर्नेछ।

    प्राधिकरणले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै विवरण तयार गरी बुझाउन समेत सम्बन्धित सबैलाई सचेत गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend