२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

ओलीको निर्देशनः ‘जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू’


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.4K
    SHARES

  • ओलीको निर्देशनः ‘जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू’

    काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

    काठमाडौंमा मंगलबार अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको बताए।

    ‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुई वटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ। एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरु सधैं हरदम तयार हुनुहोला। आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने।

    कुनै पनि समयमा आन्दोलनमा जानुपर्ने हुन सक्ने भन्दै उनले तयारीमा जुट्न पनि आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend