आज वि.सं. २०८३ मंसिर २ गते तदनुसार १८ नोभेम्बर २०२६ बुधवार, कार्तिक शुक्लपक्ष नवमी तिथी, शतभिषा नक्षत्र, चन्द्रराशि ः कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्राकृतिक स्रोत, पैतृक सम्पत्ति तथा लगानीबाट राम्रो आम्दानी हुने योग छ। व्यापार, उद्योग र पुँजी बजारमा लाभ मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन् भने नयाँ आयस्रोत फेला पर्नेछन्। विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्न सक्छन्। प्रेम सम्बन्ध र पारिवारिक जीवन सुखद रहनेछ। सवारीसाधन तथा भौतिक सम्पत्ति प्राप्तिको सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययन तथा कामका सिलसिलामा यात्रा हुन सक्छ। नयाँ रोजगारी वा पदोन्नतिको अवसर प्राप्त हुनेछ। व्यापार र सेयर बजारमा गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर जुट्नेछ। तर विगतका कमजोरी र नजिकका व्यक्तिको स्वार्थका कारण समस्या आउन सक्छ। आर्थिक प्रतिफलका लागि केही समय कुर्नुपर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा प्रशंसा र नयाँ अवसर प्राप्त हुनेछन्। नयाँ कामको प्रस्ताव, पदोन्नति वा स्थानान्तरणको योग छ। लगनशीलताले प्रतिष्ठा र आम्दानी दुवै बढाउनेछ। भूमि, सवारीसाधन तथा पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। व्यापार व्यवसायमा प्रगति हुनेछ भने विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो मेहनतपछि आंशिक सफलता प्राप्त हुनेछ। व्यापारमा मन्दी र आर्थिक अभावको समस्या आउन सक्छ। कामको चाप बढे पनि अपेक्षित प्रतिफल नपाइन सक्छ। पारिवारिक सम्बन्धमा मनमुटाव तथा कार्यक्षेत्रमा आलोचना हुन सक्छ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। गोपनीयता बाहिरिन सक्ने भएकाले व्यवहार र निर्णयमा सावधानी अपनाउनु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार तथा सेयर बजारबाट मनग्य आम्दानी हुने योग छ। आकस्मिक लाभले आत्मविश्वास बढाउनेछ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। राजनीति तथा सरकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई अवसर मिल्नेछ। अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्ध सुमधुर बन्नेछन्। साथीभाइसँग रमणीय यात्रा र नयाँ कामको अवसरसमेत जुट्न सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ स्रोतसाधन जुटाएर काम प्रारम्भ गर्न सकिनेछ। व्यापार विस्तार र थप लगानीका लागि अनुकूल समय छ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। खाद्यान्न, निर्माण सामग्री, अटो पार्ट्स र सेयर बजारबाट लाभ लिन सकिनेछ। यद्यपि विश्वासपात्रबाट धोका, आर्थिक अभाव र प्रतिस्पर्धीको अवरोध आउन सक्छ। निर्णयमा दोधार नगरी योजना कार्यान्वयनमा ध्यान दिनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन, व्यापार र पेसा व्यवसायमा सुधार आउनेछ। रोकिएका काम पूरा हुनेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। चिट्ठा वा उपहार प्राप्तिको योग छ। कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ। सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ। आफन्त र छोराछोरीको प्रगतिले खुसी मिल्नेछ। शुभचिन्तकको सहयोग तथा सुखद समाचारले दिन उत्साहपूर्ण बन्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। रोजगारीका नयाँ अवसर प्राप्त हुन सक्छन्। परिवार तथा शुभचिन्तकको सहयोगले रोकिएका घरेलु काम अघि बढ्नेछन्। मिहिनेतबाट कठिन कामसमेत पूरा गर्न सकिनेछ। यद्यपि हतारमा निर्णय गर्दा समस्या आउन सक्छ। दिगो योजना गोप्य राख्नुहोला। अपेक्षित सफलता नपाए पनि आंशिक लाभ प्राप्त हुने सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दैनिक उपभोग्य वस्तुको व्यापारबाट लाभ मिल्नेछ। पुँजी बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीले आम्दानी बढाउन सक्छ। यात्रा तथा सामाजिक गतिविधि अनुकूल रहनेछन्। लेखन र सिर्जनात्मक कामबाट नाम तथा दाम कमाउने अवसर छ। यद्यपि काममा अवरोध, सहयोगीको असहयोग र अपेक्षित नतिजामा कमी आउन सक्छ। कृषिमा बढी मेहनत गर्नुपर्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा बोली र अभिव्यक्तिको प्रभाव बढ्नेछ। नातागोता तथा परिवारको सहयोगले काम अघि बढ्नेछ। व्यापार, कृषि र पशुपालनबाट आम्दानी बढ्ने योग छ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। अध्ययन तथा लेखनमा राम्रो उपलब्धि हासिल हुनेछ। जिम्मेवारी बढे पनि मिहिनेतले सम्मान र सफलता दिलाउनेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसरसमेत प्राप्त हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक काम समयमै सम्पन्न गरी सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। मानसम्मान र प्रतिष्ठा बढ्नेछ। व्यवसायबाट मनग्य आम्दानी हुनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। बिछोडिएका आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनको अवसर जुट्नेछ। पुराना कमजोरी सुधार्दै अघि बढ्न सकिनेछ। शैक्षिक योग्यताको सदुपयोग हुनेछ। निर्णय गर्दा हतार नगर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुहोला। आर्थिक समस्या, दण्ड जरिवाना तथा स्वास्थ्य उपचारमा खर्च बढ्न सक्छ। प्राविधिक समस्याले कार्यक्षेत्रमा अवरोध आउन सक्छ। यद्यपि व्यापार व्यवसायमा गरिएको लगानीबाट राम्रो लाभ मिल्नेछ। विदेशसँग सम्बन्धित व्यापार फलदायी रहनेछ। यात्राको अवसर जुट्न सक्छ। आलस्य त्यागेर मेहनत गरेमा प्रतिस्पर्धीबाट समेत सहयोग प्राप्त हुनेछ।


