२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

साल्ट ट्रेडिङको नाफा ७७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो साढे २ करोड


सञ्चार डबली
  • मंगलबार, मंसिर १ २०८३
  • 2.7K
    SHARES

  • साल्ट ट्रेडिङको नाफा ७७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो साढे २ करोड

    काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले बढाएको छ। कम्पनीले असोज मसान्तसम्म २ करोड ५२ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष बिक्री आम्दानी र ब्याज खर्चमा आएको परिवर्तनसँगै कम्पनीको नाफामा सुधार देखिएको हो।

    कम्पनीको बिक्री आम्दानी भने ९२.२३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ रहेको बिक्री आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ३१ करोड २९ लाख रुपैयाँ पुगेको छ।

    तर बिक्री आम्दानी उल्लेख्य बढे पनि कम्पनीको कुल मुनाफा भने घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २७ करोड ६ लाख ३० हजार रुपैयाँ रहेको कुल मुनाफा यस वर्ष घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ।

    कम्पनीको ब्याज खर्चमा आएको गिरावटले खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५० लाख रुपैयाँ रहेको ब्याज खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ।

    त्यस्तै, कम्पनीको करअघिको नाफा पनि बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ करोड ८९ लाख ४२ हजार रुपैयाँ रहेको करअघिको नाफा यस वर्ष बढेर ३ करोड ३६ लाख ६२ हजार रुपैयाँ पुगेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी भने २८.७६ रुपैयाँ कायम भएको छ।

    वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १९४.४३ गुणा र दोस्रो बजारमा प्रतिसेयर मूल्य ५ हजार ५९१ रुपैयाँ कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend