२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

बलिवुड फिल्म दृश्यम-३ : द कन्क्लुजन पाँच दिनमा दुई सय करोड क्लबमा


सञ्चार डबली
  • बुधबार, असोज २१ २०८३
  • 1.5K
    SHARES

  • बलिवुड फिल्म दृश्यम-३ : द कन्क्लुजन पाँच दिनमा दुई सय करोड क्लबमा

    काठमाडौं । अभिनेता अजय देवगनको फिल्म दृश्यम-३ : द कन्क्लुजन' ले प्रदर्शनको पाँच दिनमा नै दुई सय करोड क्लब पार गरेको छ । 

    सैकनिल्कका अनुसार फिल्मले पहिलो दिन भारतमा ६२ करोड भारु खुद कमाइ गरेको थियो भने दोस्रो दिन ५३.५ करोड, तेस्रो दिन ६१ करोड, चौथो दिन २१ करोड र पाँचौं दिन मंग्लाब्र १९ करोड गरि कुल २१६.५ करोड कमाई गरेको छ ।  त्यस्तै फिल्मले पाँच दिनमा विदेशमा ८१.५ करोड कमाई गरेको छ । 

    फिल्ममा अजय देवगन पुनः विजय सालगाउँकरको भूमिकामा देखिएका छन् । उनीसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर र प्रकाश राज पुरानै भूमिकामा फर्किएका छन्। यसपटक जयदीप अहलावत पनि फिल्ममा नयाँ पात्रका रूपमा जोडिएका छन्।

    यसअघि अभिनेता अक्षय खन्नाले अन्तिम समयमा फिल्म छाडेको विषय पनि चर्चामा आएको थियो। निर्देशक अभिषेक पाठकका अनुसार अजय देवगनसँग अक्षयका दृश्य छायांकन हुनुभन्दा एक साताअघि उनले फिल्म छाडेका थिए। त्यसपछि निर्माताले तीन दिनमै कथा पुनर्लेखन गरी अक्षयको भूमिका नयाँ पात्रमा परिवर्तन गर्दै जयदीप अहलावतलाई सहभागी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend