२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

डोल्पाको त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीयसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


सञ्चार डबली
  • मंगलबार, असोज ६ २०८३
  • 528
    SHARES

  • images
    डोल्पाको त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीयसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र छल निर्माण सेवा प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    हरियापानी–पालुङ्ग–माझफाल हुँदै रुकुम जोड्ने सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने छल निर्माण सेवालाई ठेक्का दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

    सबैभन्दा कम कबोल रकम र ठेक्का पाउने कम्पनीको रकमबीच ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा फरक रहेको छ। आयोगले यही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर भएकामा लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा छल निर्माण सेवा प्रालि र त्यसका प्रोप्राइटर दिपचन्द्र रोकाया छन् । आयोगले बिगो असुलसँगै कैद र जरिवानाको मागदाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend