२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग


सञ्चार डबली
  • मंगलबार, असोज ६ २०८३
  • 858
    SHARES

  • images
    टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग

    काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

    टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम सहयोग गरेको हो ।

    विपद्का समयमा नेपाल र नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    यूटीएसले टोयोटा समूहको तर्फबाट विपद् प्रभावित समुदायलाई सहयोग गर्दै थप उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend