२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जङ्गली हात्ती रोनाल्डोकाे मृत्यु


सञ्चार डबली
  • शनिबार, असोज ३ २०८३
  • 1.3K
    SHARES

  • images
    जङ्गली हात्ती रोनाल्डोकाे मृत्यु

    चितवन । चितवनकाे राष्ट्रिय निकुञ्जमा रहेकाे जङ्गली हात्ती रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । बरण्डाभार बन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक‌ आज शनिबार बिहान मृत अवस्था भेटिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा लामो समयदेखि देखिदै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको अनुमान गरिएको छ । यद्यपि निकुञ्जले आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ ।

    हात्ती मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जकाे र राष्ट्रिय प्रकृति सरक्षण काेषका प्राबिधिक टाेली पुगेर हात्तीकाे मृत्यु बारे अनुषन्धान शुरू गरेका जनाएका छन् ।

    साैराहाको हात्ती प्रजनन केन्द्रमा मात्रै यो हात्तीबाट ३३ वटा हात्तीका बच्चाकाे जन्म भएका छन् । सन् २००२ देखि रोनाल्डो हात्ती चितवनमा देखिएको संरक्षण कर्मीहरुले जानकारी दिएका छन् ।

    निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ हात्तीको मृत्युले सरक्षणका क्षेत्रमा समेत क्षति पुग्ने बताए । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको हात्ती हो । केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन जगली हात्तीबाट नै हुने गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend