२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जेनजी उमेर समूहका सांसदसँग प्रधानमन्त्री शाहको विशेष छलफल


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 1.2K
    SHARES

  • images
    जेनजी उमेर समूहका सांसदसँग प्रधानमन्त्री शाहको विशेष छलफल

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले  जेनजी उमेर समूहका सांसदहरूसँग विशेष छलफल सुरु गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न समूह तथा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आएका छन् ।

    छलफलमा नयाँ प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा नयाँ उद्यमसम्बन्धी नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेर विचार आदानप्रदान भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

    जेनजी आन्दोलनपछि बनेको सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा समेत डिजिटल शासन, सार्वजनिक सेवा प्रवाह सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend