२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको राशिफल : २०८३ असोज २ गते (शुक्रबार)


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 1.3K
    SHARES

  • images
    आजको राशिफल : २०८३ असोज २ गते (शुक्रबार)

    मेष : तपाईंका लागि दिन सामान्य छ। साना कुराले समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। अग्रजको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

    वृष : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    मिथुन : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

    कर्कट : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : यात्रामा जोखिम  छ । खर्च  बढ्नेछ । साथीभाइसँग मनमुटावको सम्भावना छ । लगानी डुब्ने भएकाले सचेत हुनुपर्ने दिन छ ।

    कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सुविधा प्राप्त हुनेछ।

    धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

    मकर : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षी साथीले तपाईंको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने दिन छ। बोल्दा संयमित हुनु आवश्यक देखिन्छ ।

    कुम्भ : दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले काम र व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    मीन : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ। सवारी साधनकाे यात्रामा सचेत हुनुपनर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend