२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह


सञ्चार डबली
  • बिहीबार , असोज १ २०८३
  • 1.2K
    SHARES

  • images
    कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ बाटो खोली दुईतर्फी यातायात सञ्चालनमा आउनु सकारात्मक भएको बताएका छन् ।

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो । सडक बन्द हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको थियो ।

    घिसिङले कृष्णभीरको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै विज्ञबाट विस्तृत अध्ययन गराई सुरक्षित र दिगो सडक संरचना निर्माण गर्नुपर्ने बताएका छन् । 

    उनले भनेका छन्- 'कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ। विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्छ। साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।'

    सम्भावित विपद्का बेला प्रयोग गर्न सकिने वैकल्पिक सडकको पहिचान र निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । सडक सञ्चालनका लागि खटिएका भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक, श्रमिक, स्थानीय तह र स्थानीयवासीलाई उनले धन्यवाद दिएका छन् ।

    घिसिङले बट्टारदेखि वेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसीसम्मको सडकसमेत छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend