२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन


सञ्चार डबली
  • बिहीबार , असोज १ २०८३
  • 1.1K
    SHARES

  • images
    कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा आजदेखि दुईतर्फी यातायात सञ्चालन भएको छ।

    भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारी सञ्चालन हुँदै आएको सडकमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि आजदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो । भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

    सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयको समन्वयमा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले अध्ययन गरेका थिए । प्राविधिकको सुझावअनुसार कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गरिएको हो ।

    भदौ १९ गतेदेखि रुख कटान गरी करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक निर्माण सुरु गरिएको थियो । प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि निर्माण सुरु भएको १०औँ दिनमै अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।

    आवश्यक पूर्वाधार निर्माण पूरा भएपछि आजदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend